गृहपृष्ठ खबर कोरोना संकट : आईपीएल अनिश्चितकालका लागि स्थगित

कोरोना संकट : आईपीएल अनिश्चितकालका लागि स्थगित

प्रकाशित मिति:

खेलाडीहरू कोरोना भाइरस संक्रमित हुन थालेपछि आईपीएल क्रिकेटका खेललाई अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले एक विज्ञप्ति जारी गर्दै आईपीलका खेलहरू अनिश्चितकालका लागि स्थगित गरिएको बताएको हो ।

कोरोना संक्रमणको प्रभावलाई लिएर बसेको आईपीएल र बीसीसीआईका अधिकारीहरूको आपत्कालीन बैठकले तत्कालका लागि आईपीएलका खेल रोक्ने निर्णय गरेको हो ।

आईपीएलका चेयरम्यान बृजेश पटेलले भारतीय समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा खेलाडी र टिमका सदस्यमा कोरोना संक्रमण देखिएपछि आईपीएलका खेलहरू अनिश्चितकालका लागि स्थगित गरिएको बताए ।

सम्बन्धित् समाचार