गृहपृष्ठ खबर बाँकेमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

प्रकाशित मिति:

बाँकेमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट बाँकेका चार र कैलालीका दुई जना गरी थप ६ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

कोरोना संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिका–१० का  ५२  वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मंगलबार बिहान ९ बजे मृत्यु भएको हो।

यस्तै, खजुरा–२ का ६९ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो । होम आइसोलेसनमा बसेका उनलाई  अस्पताल लैजाँदै गर्दा गएराति मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।

यस्तै, बैजनाथ गाउँपालिका–५ की ६२ वर्षीया महिलाको मंगलबार बिहान उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।

सम्बन्धित् समाचार