गृहपृष्ठ खबर बाणगंगामा अक्सीजन सिलिण्डर ग्यास सकंलन केन्द्र बनाउने निर्णय

बाणगंगामा अक्सीजन सिलिण्डर ग्यास सकंलन केन्द्र बनाउने निर्णय

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिवस्तु जेसिजको भवनलाई अक्सीजन सिलिण्डर ग्यास सकंलन केन्द्र बनाउने निर्णय भएको छ । बाणगंगा नगरपालिकामा भएको छलफलले कोरोना महामारीको समयमा अक्सीजन अभाव हुन नदीन जेसिज भवनलाई सकंलन केन्द्र बनाउने निर्णय भएको हो ।

 

बाणगंगामा नगरपालिका , कपिलवस्तु उद्योग बाणिज्य सघं, कपिलवस्तु जेसिज, लायन्स क्लव अफ कपिलवस्तु   लायन्स क्लव अफ बाणगंगा, रोटरी क्लव अफ कपिलवस्तु , सिद्धार्थ समाजिक बिकास सस्थाबिच भएको सयुक्त छलफलले सिलिण्डर ग्यास अभाव हुन नदिन सबैसगं माग गरी राख्ने र आवश्यकता अनुसार नगरबासी संक्रमित भए प्रयोग गर्ने निर्णय वडा नः २ का वडा अध्यक्ष बिष्णु पौडेलले जानकारी दिए ।

छलफलको अध्यक्षता नगरपालिकाका उप प्रमुख चक्र अर्यालले गरेका थिए भने सञ्चालन वडा नः ८ का वडा अध्यक्ष गुणनिधि भुसालले गरेका थिए ।

सम्बन्धित् समाचार