गृहपृष्ठ खबर कपिलवस्तुको कृष्णनगरमा सवारी दुर्घटनामा परि एकको मृत्यु

कपिलवस्तुको कृष्णनगरमा सवारी दुर्घटनामा परि एकको मृत्यु

प्रकाशित मिति:

विजयनगर अनलाइन, विजयनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका ११ मा बसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।  लु १ ख ७४५० नम्बर बसले यु.पी.५५ एच. ०३७५ नम्बरको मोटरसाइकललाई ठोकिँदा कृष्णनगर १२ नारायणापुर निवासी ३५ वर्षका रामबरण यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक रण बहादुर विष्टले जानकारी दिनुभएको छ ।

घाइतेलाई उपचारका लागि बहादुरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको विष्टले बताउनुभयो । शवलाई पोष्टमार्डमका लागि बहादुरगञ्ज अस्पतालमा पठाइएको छ ।   मोटरसाइकल चालक उत्तरबाट दक्षिणतर्फ गईरहेको अवस्थामा कृृष्णनगरबाट उत्तरतर्फ आउँदै गरेको बस झिंगहाको चोकको घुम्तीमा दुर्घटना भएको हो ।

सचालक र गाडी प्रहरीको नियन्त्रणमा रहेको र सो घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार