गृहपृष्ठ खबर राष्ट्रपतिले जारी गरिन् संवैधानिक परिषद्सहित सात अध्यादेश

राष्ट्रपतिले जारी गरिन् संवैधानिक परिषद्सहित सात अध्यादेश

प्रकाशित मिति:

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन)सहित सातवटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सातवटा अध्यादेशहरू जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरे विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

राष्ट्रपतिबाट जारी भएका अध्यादेशहरू

१.     यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८

२.     फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८

३.     औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८

४.     संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८

५.     सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८

६.     नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८

सम्बन्धित् समाचार