गृहपृष्ठ खबर बैतडीमा शव बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

बैतडीमा शव बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

प्रकाशित मिति:

बैतडीमा शव बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का वडासदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि लैजाँदै गरेको से १ ज १२३ नम्बरको बोलेरो जीप मंगलबार दिउँसो पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय जितसिंह भण्डारी, हिम्मत भण्डारी, डम्मरसिंह भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । खड्काका अनुसार वडासदस्य गोविन्दसिंहको सोमबार राति चट्याङ लागेर मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खड्काले बताए । उनका अनुसार जीप सडकबाट झण्डै पाँच सय मिटर तल खसेको छ

सम्बन्धित् समाचार