गृहपृष्ठ खबर कपिलवस्तुमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

कपिलवस्तुमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तु वैशाख २१, २०७८

 

कोरोना भाइरस संक्रमणले मंगलबार बिहान थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका–७ का ३७ वर्षीय पुरुष र वाणगंगा नगरपालिका–७ का ३९ वर्षीय पुरुष हुन् ।

 

शिवराज नगरपालिकाका पुरुष उपचारका लागि ४ दिनअघि अस्पताल भर्ना भएका थिए । वाणगंगा नगरपालिकाका पुरुष भने २ दिनअघि उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

 

 

दुवै जनाको बुटवलस्थित धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पतालमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालयको कोरोना फोकल पर्सन उमेश घिमिरेले बताए ।

जिल्लामा कोभिड–१९ को संक्रमणले मृत्यु हुनेको संख्या ५३ पुगेको छ । जिल्लामा सोमबार साँझसम्म सक्रिय संक्रमित ७ सय २५ पुगको छ ।

सम्बन्धित् समाचार