गृहपृष्ठ खबर दाङमा स्कारपियो दुर्घटना : एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

दाङमा स्कारपियो दुर्घटना : एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

प्रकाशित मिति:
A+AA

दाङमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

रोल्पाको लिवाङबाट घोराहीतर्फ आउँदै गरेको बा १३ च ८०४८ नम्बरको जिप मङ्गलबार राति करीब ९ बजेतिर घोराही मुर्कुटी सडक खण्डमा पर्ने घोराही– ४ उर्लेकेनी ओरालोमा सडकबाट करीब ८०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा गाडी चालक घोराही– १६ का अन्दाजी २८ वर्षीय विष्णु गिरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रहरी नायब निरीक्षक उत्तम जिसीले जानकारी दिए ।

दुर्घटनामा तुलसीपुर– १६ का अन्दाजी २३ वर्षीय वसन्त भण्डारी र तुलसीपुर– ४ का ३३ वर्षीय राजकुमार थापा घाइते भएका छन् ।

घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । डोजर मर्मतका लागि रोल्पा पुगेका उनीहरू जीप रिजर्भ गरेर दाङ फर्कंदै गरेका थिए ।

सम्बन्धित् समाचार