गृहपृष्ठ खबर ऊर्जा मन्त्री रायमाझीले अर्घाखाँचीमा १६ अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री पठाए

ऊर्जा मन्त्री रायमाझीले अर्घाखाँचीमा १६ अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री पठाए

प्रकाशित मिति:

अर्घाखाँची : ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले गृहजिल्ला अर्घाखाँचीमा स्वास्थ्य सामग्री पठाउनुभएको छ । रायमाझी पठाएको १६ थान अक्सिजन सिलिन्डर, ५ थान अक्सिजन कन्सनट्रेटर, १८ सय थान कोभिड परीक्षणमा प्रयोग हुने भीटीएम, ४ सय थान एटिन्जेन किट जिल्ला अस्पतालका प्रमुख कपिल गौतम लाई हस्तान्तरण गरिएको हो ।

यस्तै, २७ सय थान सर्जिकल माक्स, १५ लिटर सेनिटाइजर, ७ थान अक्सिमिटर, २० थान डिजिटल थर्ममिटर र १ सय ९० थान पीपीई पनि अस्पताललाई प्रदान गरिएको अस्पतालका प्रमुख गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य सामग्री हस्तान्तरणमा निवर्तमान राष्ट्रिय सभा सदस्य तथा नेकपा एमालेका जिल्ला इन्चार्ज चन्द्र बहादुर खडका ‘उज्ज्वल’, प्रमुख जिल्ला अधिकारी विष्णु पौडल लगायतको सहभागी थिए ।

सम्बन्धित् समाचार