दाङमा थप छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच र घोराहीका एक जना रहेका छन् ।
उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो सिटी अस्पतालमा उपचाररत तुलसीपुर– ७ का ६२ वर्षीय पुरुष तथा तुलसीपुर- १२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत तुलसीपुर– ८ का ३० वर्षीया महिलाको मृत्यु भएको छ ।
यस्तै कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुरका दुई सङ्क्रमितको मृत्यु भएको छ ।
यही वैशाख २४ गतेदेखि अस्पतालमा उपचार गराइरहेका तुलसीपुर– १९ का ४९ वर्षीया महिलाको आज बिहान १:०० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोण वलीले जानकारी दिए ।
ओलीका अनुसार तुलसीपुर– ९ निवासी २४ वर्षीया महिलाको बिहीबार साँझ पौने ७ बजेतिर मृत्यु भएको छ ।