गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

कपिलवस्तुको बाणगंगामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बाणगंगा वडा नः ४ ठाकुरापुरका बर्ष ६० का पुरुषको आज बिहान सिद्धार्थ क्याम्पसमा रहेको आइसोलेसनमा मृत्यु भएको बाणगंगा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए ।
यसैबिच हिजो बाणगंगामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा वडा नः ७ का ५१ बर्षीय पुरुष, यस्तै वडा नः १० का ४० बर्षीय पुरुष र वडा नः ४ का ४२ बर्षीय पुरुष रहेका थिए ।

सम्बन्धित् समाचार