गृहपृष्ठ खबर रुपन्देहीमा शनिबार कोरोना संक्रमितको संख्यामा कमी

रुपन्देहीमा शनिबार कोरोना संक्रमितको संख्यामा कमी

प्रकाशित मिति:

बुटवल : रुपन्देहीमा केही दिन लगातार उकालो लागेको कोरोना संक्रमितको दर पछिल्ला दुई दिन स्थिर रही शनिबार भने घटेको छ। पछिल्लो २४ घण्टामा ९ सय ७७ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ८६ जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको छ।

यस्तै, यही अवधिमा ७ सय ८५ जना भने संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। पछिल्लो २४ घन्टामा ९ जना संक्रमितको मृत्यु भएको छ। रुपन्देहीमा संक्रमितको संख्यासँगै मृतकको संख्या पनि केही घट्दै गएको छ।

वैशाख २८ गते १४, २९ गते १६ र ३० गते १८ जना संक्रमितले ज्यान गुमाएका थिए भने ३१ गते र जेठ १ गते ९र९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांक छ।

यस्तै, वैशाख २९ गते ९ सय ७ जना संक्रमित थपिएकोमा ३० गते ४ सय ९४ र ३१ गते ५ सय १४ जना थपिएका थिए। २९ गते ७ हजार २ जना सक्रिय संक्रमित रहेकोमा शनिबारसम्म आइपुग्दा सक्रिय संक्रमित ७ हजार १ सय १ पुगेका छन्।

रुपन्देहीमा २९ गते ४ सय ३५, ३० गते ४ सय ५६ र ३१ गते ४ सय ९४ जना संक्रमण मुक्त भएका थिए। कुल २२ हजार २५ जना कुल संक्रमित भएको रुपन्देहीमा संक्रमण मुक्त हुनेको संख्या शनिबारसम्म १४ हजार ५ सय ७९ पुगेको छ।

यस्तै, ३ सय ४५ जना संक्रमितको मृत्यु भएको छ।

सम्बन्धित् समाचार