गृहपृष्ठ खबर कपिलवस्तु नगरपालिकाले अक्सिजन प्लान्ट निर्माण गर्ने

कपिलवस्तु नगरपालिकाले अक्सिजन प्लान्ट निर्माण गर्ने

प्रकाशित मिति:

किरणमान बज्राचार्य
कपिलवस्तु जेठ २
अक्सिजन अभावले कोरोना संक्रमितको उपचारमा समस्या आए पछि कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पतालमा एक करोड लागतको अक्सिजन प्लान्ट बनाउने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारसंग सहकार्य गरी अक्सिजन प्लान्ट चाडो भन्दा चाडो निर्माण गरिने भएको हो । अक्सिजन प्लान्ट निर्माण गरिने नगर कार्य पालिका बैठकबाट निर्णय गरिएको मेयर किरण सिंहले जानकारी दिए । प्रदेश सरकारले सहयोग नगरे आफनै लगानीमा भए पनि प्लान्ट निर्माण गरिने उनले बताए । ‘ अक्सिजन अभावमा बिरामीहरु छटपटाई रहेका छन, हारगुहार गर्दा पनि पाउन गाह्रो छ ’ मेयर सिंहले भने ‘ बिरामीको उचारमा सहजताकालागि अक्सिन प्लान्ट निर्माण गर्ने तयारीमा जुटेका छौ ’ । जति सक्दो चाडो प्लान्ट निर्माण गरिने उनले बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले प्रदेश सरकार र अन्य पालिकासंग समन्वय र सहकार्य गरी प्लान्ट निर्मााण्को प्रकृया अघि बढाएको बताए ।

उनले जिल्लाका पालिका र दाताहरुले आफुरुको यो अभियानमा सहकार्य र साथ दिन आग्रह गरे ।नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले कोरोनो यो महामारीमा आफुहरुले सामाजिक विकासको बजेट स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार रहेको बताए । उनले महामारीको रोकथाम गरी संक्रमितहरुको उपचार आफुहरुको दायित्व र प्राथमिकतामा रहेको बताए । वडा नम्बर १ का अध्यक्ष सुदीप पौडेलले आफनो वडाको सामाजिक र अन्य क्षेत्रमा खर्च गर्र्न बाकी रहेको रकम कोरोना महामारी नियन्त्रण अभियानमा खर्च गर्न आफु तयार रहेको बताए । ‘ अहिलेको कठिन समयामा मानिसको जीवन रक्षा नै हाम्रो प्राथमिकता हो, यसमा हामी गंभीर छौ ’ उनले भने । उता सांसद अभिषेख प्रताप शाह, बृजेश कुमार गुप्ता र चक्रपाणी खनाल बलदेब समेत कोरोना माहामारी नियन्त्रणको पहलमा जुटेका छन ।

सम्बन्धित् समाचार