कपिलवस्तु : कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पतालमा एक करोड लागतको अक्सिजन प्लान्ट बनाउने निर्णय गरेकोछ । लुम्बिनी प्रदेश सरकारसंग सहकार्य गरी अक्सिजन प्लान्ट चाडोभन्दा चाडो निर्माण गरिने नगर कार्य पालिका बैठकबाट निर्णय गरिएको मेयर किरण सिंहले जानकारी दिनुभयो ।
प्रदेश सरकारले सहयोग नगरे आफनै लगानीमा भए पनि प्लान्ट निर्माण गरिने उहाले बताउनुभयो । सरकारले वजेट दिएन भने नगरका काम हुन नसकेका सबै वजेट त्यसमै लगाएर भएपनि प्लान्ट वनाउने निनिर्णय गरेका छौ मेयर सिंहले भन्नु भयो । सके सम्म प्रदेश सरकारसंग साझेदारीको पहल भई रहेकोछ । अस्थायी कोरोना अस्पताल निर्माणकालगि कपिलवस्तु अस्पताललाई आवश्यक सहयोग नगरले यस अघिवाटै गर्दै आएको छ ।
मृत्यु भएका कोरोना संक्रमितको शव ब्यवस्थापन र दाहसंस्कारको उचित ब्यवस्था नगरपालिकाले गरेको छ । नगरबासीको माग अनुसार प्लान्ट निर्माण गर्ने निर्णय गरेकोमा मेयर सिंहले वताउनुभयो ।