गृहपृष्ठ खबर अर्घाखाँचीमा कोरोना भाइरसबाट ४० जनाको मृत्यु, १६२० संक्रमित

अर्घाखाँचीमा कोरोना भाइरसबाट ४० जनाको मृत्यु, १६२० संक्रमित

प्रकाशित मिति:

सन्धिखर्क : अर्घाखाँचीमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ। सन्धिखर्क नगरपालिकामा ११, भुमिकास्थान नगरपालिकामा १०, शितगंगा नगरपालिकामा ८, मालारानी गाउँपालिकामा ६, पाणिनि गाउँपालिकामा ४ र छत्रदेव गाउँपालिकामा १ जना गरी ४० जनाको कोरोनाले मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए।
जिल्लामा हालसम्म १६ सय २० जनामा कोरोनाको संक्रमण भएको छ। जस्मा ८ सय ९८ जनाले उपचारपछि कोरोना रोग जितेर घर फर्किएका छन्। हाल ६ सय ८२ जना कोरोना संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा जिल्लामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये सन्धिखर्क नगरपालिकामा ९, भुमिकास्थान नगरपालिकामा ७, शितगंगा नगरपालिकामा १ जना, मालारानी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सम्बन्धित् समाचार