बुटवल : रुपन्देहीमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार जिल्लाका १ हजार १ सय ११ जना संक्रमण मुक्त भएका हुन्। त्यस्तै यहि अवधिमा ३ सय ७७ जनालाई संक्रमण पुष्टि भएको छ।
जिल्लाभर २४ घण्टामा १ हजार ३ सय ३६ जनाको नमुना परीक्षण गर्दा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार थपिने संक्रमितमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाका १ सय ६४ जना छन् । त्यस्तै तिलोत्तमामा ७६, सैनामैनामा ३३, देवदहमा ३१ र सिद्धार्थनगरमा २८ जना छन् ।
त्यसैगरी सियारीमा ११, ओमसतियामा १०, सुद्धोधनमा ९ तथा अरु पालिकाहरुमा २–३ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३ सय ६२ पुगेको छ ।