गृहपृष्ठ खबर कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको ज्यान गयो

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको ज्यान गयो

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुमा कोरोना संक्रमणबाट आज (सोमबार) ५ जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये कपिलवस्तु नगरपालिका–१ का ३ जना रहेका छन् ।

६० वर्षीय पुरुष, ३५ वर्षीय पुरुष र ३८ वर्षीया महिलाको मृत्यु भएको छ । त्यस्तै बुद्धभूमि नगरपालिका–३ की २५ वर्षीया गर्भवती महिलाको मृत्युको भएको हो । यी चारै जनाको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

यस्तै, शिवराज नगरपालिका–३ का २७ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको शिवराज नगरपालिकाको आधारभूत अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए ।

कपिलवस्तुमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १३१ पुगेको छ । जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या  १,२ ८७ पुगेको छ ।

सम्बन्धित् समाचार