गृहपृष्ठ खबर लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनको मनोनयन दर्ता आज, खड्का र पाण्डेले उम्मेदवारी दिने

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनको मनोनयन दर्ता आज, खड्का र पाण्डेले उम्मेदवारी दिने

प्रकाशित मिति:

लुम्बिनी प्रदेश अन्तर्गत यही जेठ १७ गते हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनमा आज उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म उम्मेदवारी दर्ता हुने जनाएको छ ।

यो निर्वाचनमा एमालेले चन्द्रबहादुर खड्कालाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले भने दृगनारायण पाण्डेलाई उमेदवार बनाउने भएको छ ।

एमाले प्रवेश गरेको भन्दै माओवादीले खड्कालाई कारबाही गरेपछि उक्त स्थान रिक्त भएको थियो । एमालेले उनै खड्कालाई उम्मेदवार बनाएको हो ।

उता पाण्डे भने एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिई कांग्रेस प्रवेश गरेका थिए ।

सम्बन्धित् समाचार