गृहपृष्ठ खबर कपिलवस्तुका लागी यशाशीघ्र बजेट बिनियोजन गरियोस्- सासंद कमाल

कपिलवस्तुका लागी यशाशीघ्र बजेट बिनियोजन गरियोस्- सासंद कमाल

प्रकाशित मिति:

कपिलवस्तु : नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा सांसद अत्तहर कमाल मुसलमानले कोरोना संक्रमणको ब्यवस्थापन र स्वास्थ्य उपचारको सहजताका लागी कपिलवस्तु जिल्लालाई पनि यशाशीघ्र बजेट बिनियोजन गरिनु पर्ने माग गरेका छन । उनले कोरोना महामारी नियन्त्रण र ब्यवस्थापनकालागि आवश्यक बजेट उपलब्ध गराउन संघीय र प्रदेश सरकारसंग जोडदार माग गरेका छन ।

अस्किसजन र स्वास्थ्य उपचारको अभावमा जिल्लामा अकालमा धेरैले ज्यान गुमाएको भन्दै यस्तो अवस्थामा पनि संघीय र प्रदेश सरकारले कपिलवस्तुकालागि बजेट बिनियोजन नगर्नू खेदजनक रहेको उनले बताएका छन । गुल्मी लगातयका अन्य जिल्लाहरुमा संघीय र प्रदेश सरकारले कोरोनाको ब्यवस्थापन, अक्सिजन प्लान्ट निर्माण, स्वास्थ्य सामाग्री खरिदमा बजेट बिनियोजन गरे पनि कपिलवस्तुलाई यस्तो संकटको बेला समेत उपेक्षित गरिएको बताए ।

नागरिक स्तरबाट केही रकम संकलन गरी जसोतसो काम चलाईएको तर राज्यको नजरमा भने कपिलवस्तु नपरको उनले गुनासो गरे । कपिलवस्तुमा सुबिधा संपन्न अस्पताल निर्माण, भएका अस्पतालको स्त्तोरोन्नती, मानीय श्रोत ब्यवस्थापन, स्वास्थ्य सामागी, अक्सिवन प्लान्ट लागतउका कुरा तत्कालै आवश्यक रहेको छ । लुम्बिीनी प्रदेश सरकारले कपिलवस्तुलाई २५ लाख दिने भने पनि अहिले सम्म पनि उपलबध नराएको भन्दै तत्कालै सो रकम उपलब्ध गराउन उनले माग गरेका छन ।

साथै कोरोना बिरुद्धको खोपको पनि चाडै ब्यवस्था गर्नु पर्ने उनले माग गरेका छन । उनले यस्तो बिषमा परिस्थतिमा सबै पार्टी, नागरिक सामाज लगातयत सबै एकबद्ध भई बिपत्तीको सामना गर्न उनले अपील गरेका छन । जिल्लामा सोमवार साझ सम्म १ सय ३१ जना कारोनास संक्रमितको मृत्यु भईसकेको छ भने साढे १२ सय बढी सकृय कोरोना संक्रमित रहेका छन ।

सम्बन्धित् समाचार