गृहपृष्ठ खबर रूपन्देहीमा २४ घण्टामा ५ जनाको मृत्यु,३६१ संक्रमित थपिए

रूपन्देहीमा २४ घण्टामा ५ जनाको मृत्यु,३६१ संक्रमित थपिए

प्रकाशित मिति:

बुटवल, जेठ ४-

रूपन्देहीमा पछिल्लोे २४ घण्टामा ५ जना कोराेना संक्रमितको मृत्यु भएको छ ।  २४ घण्टामा ३६१ संक्रमित थपिएका छन् ।थप ५ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३६७ पुगेको छ ।

रुपन्देहीमा  ८८८ जनाको कोरोना परीक्षण गर्दा ३२१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

बुटवल उपमहानगरमा सबैभन्दा धेरै १४१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि तिलोत्तमामा १०३ जना, सिद्धार्थनगरमा ३६ जना, देवदहमा ३३ जना र सैनामैनामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कंचन र गैडहवामा २-२ जना ,शुद्धाेधनमा ५ जना, राेहिणी,कोटहीमाई र मायादेवीमा १-१ जनागरी ३ जना संक्रमित थपिएका छन् ।

जिल्लाभरमा ६२४३ जना संक्रिय संक्रमित छन् ।

तथ्यांक स्थानीय तह अन्तर्गत डिटेलमा  हेराैँ:

data 1-4 rupandehi.jpg

सम्बन्धित् समाचार