गृहपृष्ठ खबर कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा सहयोग गर्न बाणगंगा नगरपालिकाको अपिल

कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा सहयोग गर्न बाणगंगा नगरपालिकाको अपिल

प्रकाशित मिति:

सागर वि.क.(कपिलवस्तु) : कपिलवस्तुको बाणगंगा नगरपालिकाले सहयोगका लागी अपिल गरेको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागी नगरपालिकाले सहयोगको लागी अपिल गरेको हो । कोरोना महामारी र संक्रमणदरको बृद्धिदरलाई व्यवस्थापन गर्न अझै चुनौति थपिदै गएकाले यस्तो विषम परिस्थितिमा सवै संघसंस्था तथा व्यक्तिहरुबाट समेत सहयोगको आशा गरिएको नगरपालिकाले एक पत्रमार्फत जनाएको छ ।

‘कोभिड–१९को संक्रमण हुनबाट रोकथाम गर्न र संक्रमित नगरबासीहरुको स्वास्थ्य उपचार तथा महामारीको व्यवस्थापनको लागि आवश्यक पर्ने नगद, अक्सिजन र अन्य स्वास्थ्य सामाग्रीहरु समेत सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाहरुले आफुले उपलब्ध गराउने जिनिस तथा नगद नगरपालिकामा अभिलेख कायम गर्ने गरि एकद्वार प्रणालीबाट वितरण हुने गरि सहयोग गरिदिनुहुन देश विदेशमा रहनुहुने ईच्छुक सम्पूर्ण सहयोगदाताहरुलाई हार्दिक अपिल गर्दछौं । ’ नगरपालिकाद्धारा जारी पत्रमा भनिएको छ ।

आर्थिक सहयोगको लागी वाणगंगा नगरपालिकाको कृषि विकास बैंक जीतपुर शाखामा रहेको खाता नं.०४१५६०१६०९१७७०११ मा रकम जम्मा गर्न सक्ने छन् । अक्सिजन सहयोगका लागी अक्सिजन व्यवस्थापन समिति संयोजक गणेश बहादुर क्षेत्रीसंग सम्पर्क गर्न सक्ने छन् भने स्वास्थ्य सुरक्षा सामग्री सहयोगका लागी वडा नम्बर ५ का वडाध्यक्ष भिष्मराज भुसाललाई सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित् समाचार