गृहपृष्ठ खबर शिवराजका जनप्रतिनिधी संक्रमितलाई घरदेखी अस्पतालसम्म सेवा दिँदै

शिवराजका जनप्रतिनिधी संक्रमितलाई घरदेखी अस्पतालसम्म सेवा दिँदै

प्रकाशित मिति:

कपिलवस्तु : कोरोनाले देश आक्रान्त भएको बेला स्थानीय सरकार आफ्ना नागरिकको रक्षाको लागि फरक फरक अभ्यासमा जुटेका छन् । नागरिकप्रती बफादार भई केही पालिकाका जनप्रतिनिधी सकृयता साथ सहयोगमा जुटेका छन् ।

केही भने आफ्नो कर्मचारीतन्त्र प्रयोग गरेर संकटको सामाना गरेका छन् । कपिलवस्तुका १० पालिकामा अलग अलग अभ्यास भएका छन् । तर शिवराज नगरपालिकाको अभ्यास हेर्ने हो भने संक्रमितको मनोवल उच्च बनाई निको बनाउन सहयोग गरेको छ ।

घर देखी अस्पताल सम्मको सेवा पुराउदै शिवराज नगरपालिका महामारीको काममा अतुल्निय बनेको छ ।

संक्रमित भएको थाहा भए पछि शिवराजका जनप्रतिनिधी र स्वास्थ्यकर्मी संक्रमितको घरै पुग्छन । छिमेकमा संक्रमण देखिदा टोलमा भने त्रास फैलिएको छ । तर जनप्रतिनीधी र स्वास्थ्यकर्मी त्रास हटाउदै स्वास्थ्य मापदण्ड प्रयोग गदै संक्रमित सँग कुराकानी गर्छन । स्वास्थ्य अवस्था बुझे पछि उनीहरुले परामर्स समेत दिन्छन् ।

होम आइसोलेसन राख्ने की थप उपचारका लागि अस्पताल पठाउने सल्लाह समेत दिन्छन र संक्रमितलाइ स्वास्थ्य सामाग्रीको कोसेली समेत दिन्छन ।

उनीहरु यसै गरी सवै संक्रमितको घर दैलोमा पुग्छन र भलाकुसारी गर्दै मनोवल उच्च बनाउने काम गर्छन ।

यहाँका स्थानीयमा कोरोना संक्रमितको घरमा जानहुन्न भन्ने भ्रम राखेका छन् । तर कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ का वडा अध्यक्ष टेकलाल सापकोटा र स्वास्थ्य चौकी इन्चार्ज जित बहादुर विसी घर मै पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिन्छन् ।

वडा नं. ५ का वडा अध्यक्ष जगत बहादुर जिसी र स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलको दैनिकी पनी यसरी वितेको छ ।वडामा अहिले सम्म ५९ जना संक्रमित रहेको र ४८ जना होम आइसुलेसन,१ जना चितवन मेडिकल कलेज मा भर्ना भएका छन ।

होम आइसोलेनमा पुगी उनीहरु पनी संक्रीमतको स्वास्थ्य अवस्था बुझने गरेका छन् । पालिका भित्र अहिले डवल भेरीयन्टको कोरोना संक्रमण फैलिन सुरु भएको छ । संक्रमण फैलिन नदीन चेक जाँचको दायरा समेत बढाइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराइ बताउनु हुन्छ ।

लक्षण देखिएका र अक्सीजन लेभल कम भएका संक्रमितको उपचारका लागि नगरपालिकाले आधारभुत अस्पतालमा व्यवस्था गरेको छ । त्यहा १५ शैयाको कोभिड बेड बनाइएको छ । अस्पतालमा डाक्टर सहितको सुविधा प्रदान गरिएको छ ।

यसका अलवा एक्सरे, ल्याव सेवा समेत संक्रमितलाइ निशुल्क प्रदान गरीएको अस्पतालका डाक्टर महेश गुप्ता बताउनुहुन्छ । कोरोना संक्रमण बढ्दै जान थाले पछि नगरपालिकाले निकै सावधानी अपनाएको छ । निषेधाज्ञा अगाडी बजार बन्द गरीएको छ ।

दैनिक रुपमा एन्टीजिन परिक्षण गर्ने ब्यवस्था गरीएको छ । पालिका भित्रका जनतालाई पायक पर्ने गरी ४ बटा सेन्टर बाट कोरोना परिक्षण गरिएको छ । परिक्षणको दायर बढे पछि संक्रमित हुने दर समेत कम हुदै गएको छ ।

महामारीमा शिवराज नगरपालिकाले दिएको सेवाले संक्रमितको हौसला बढाउन मद्धत गरेको छ । पालिकाले उनीहरुको स्याहार सुसारको लागि थर्मोमिटर एक थान, मास्क ५० पिस, साबुन १ पिस, सेनेटाइजर दुई पिस,पानी सफा गर्ने पियुष १ थान, भाइरस मार्ने कोलोराईड १ थान लगाएतका स्वास्थ्य सामाग्री संक्रमितलाई कोसेली स्वरुप प्रदान गरिएको छ ।

घर घर पुगेर सेवा दिए पछि स्थानीय समेत सचेत हुन लागेका छन् । जसका कारण अहिले शिवराजमा कोरोना संक्रमण घर परिवार भित्र सिमित हुन लागेको छ ।

सम्बन्धित् समाचार