गृहपृष्ठ खबर कपिलवस्तुको वाणगंगा नगरपालिकामा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तुको वाणगंगा नगरपालिकामा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति:

कपिलवस्तुको वाणगंगा नगरपालिकामा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत जेष्ठ २ गते पिसीआर परिक्षण गरिएका ११३ जना मध्ये ९५ जनाको रिपोर्ट आएको हो । जसमा ७९ जनामा कोरोना संक्रमण देखिएको वाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो ।

यस्तै १८ जनाको रिपोर्ट आउन बाँकी छ । आज थपिएका मध्ये सबैभन्दा धेरै वडा नम्बर ८ का रहेका छन् । वडा नम्बर ८ मा १६ जना, वडा नम्बर ९ का १४ जना, वडा नम्बर ३ का १२ जना, वडा नम्बर १ का ९ जना रहेका छन् ।

यस्तै वडा नम्बर २ का ३ जना, वडा नम्बर ४ का ५, वडा नम्बर ५ का ७, वडा नम्बर ६ मा १, वडा नम्बर ७ का ३, वडा नम्बर १० का ३ र वडा नम्बर ११ का ६ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै वाणगंगामा सक्रिय संक्रमित संख्या ५९२ पुगेको छ ।

सम्बन्धित् समाचार