गृहपृष्ठ खबर लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरूद्ध निर्वाचन आयोगमा कांग्रेसको उजुरी

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरूद्ध निर्वाचन आयोगमा कांग्रेसको उजुरी

प्रकाशित मिति:

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ । बागमती प्रदेशमा रिक्त एक सदस्यका लागि आज भएको उपनिर्वाचनका लागि मौन अवधिमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादलका पक्षमा भोट मागेको भन्दै निर्वाचन आचारसंहिता उलंघन गरेकोले कारवाही गर्न माग गर्दै कांग्रेसले आयोगमा निवेदन दिएको हो ।

कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलको कार्यालयका स्वकीय सचिव सन्जिव बश्यालले आयोगमा आज उजुरी दर्ता गरेका हुन् । ‘मुख्यमन्त्री शंकर पोखरेलले फेसबुकमार्फत् मौन अवधिमा आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु भएकोले निर्वाचन आचारसंहिताको उलंघन भएको छ,’ आयोगमा कांग्रेसले दर्ता गरेको पत्रमा उल्लेख छ ।

निर्वाचन आचारसंहिताअनुसार मुख्यमन्त्री पोखरेललाई कारवाही गर्नसमेत कांग्रेसले माग गरेको छ ।

सम्बन्धित् समाचार