गृहपृष्ठ खबर बर्दियामा प्रहरी जवानले चौकीमै झुण्डिएर आत्महत्या गरे

बर्दियामा प्रहरी जवानले चौकीमै झुण्डिएर आत्महत्या गरे

प्रकाशित मिति:

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिकास्थित कालिका प्रहरी चौकी परिसरमा प्रहरी जवानले आत्महत्या गरेका छन् । पाल्पा घरभइ बर्दियाको कालिका चौकीमा कार्यरत २५ वर्षीय प्रहरी जवान कुशल खाम्चाले अम्बाको रुखमा प्लाष्टिकको डोरीले पासो लगाएर आत्महत्या गरेका हुन् ।

आइतबार बिहान प्रहरी चौकी परिसरमा रहेको अम्बाको रुखमा झुण्डिएको अवस्थामा खाम्चाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

एक महिनाअघि बाँकेस्थित गणबाट थप मद्दतका लागि बर्दिया झिकाइएका थिए। घटनाबाट अनुसन्धान भइरहेको छ । मृतकका परिवारलाई बोलाइएको र पोष्टमार्टम पछि परिवारलाई शव बुझाउने तयारीमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार