बुटवल : प्यूठानमा घरको जुरे गारो लगाउन राखेको ढुंगा खसेर च्याप्दा एकै घरका तीन जनाको मृत्यु भएको छ । नौवहिनी गाउँपालिका १ स्यालीवाङका बोमबहादुर मल्लको परिवारका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मल्ल (३८), उनका श्रीमती (३३) गमी मल्ल र साढे दुई वर्षका छोरा मेघराज मल्लको मृत्यु भएको वडा अध्यक्ष शेर बहादुर सेनले जानकारी दिए ।
सुतिरहेको बेला राति ढुंगा खसेर तीनै जनाको घटनास्थलमै ज्यान गएको वडा अध्यक्ष मल्लले जानकारी गराए। चार जना छोरीहरुमध्ये जेठी छोरी मामाघर गएको र तीन छोरी अर्को कोठामा सुतेकाले दुर्घटनाबाट जोगिएका छन् ।
गाउँपालिकाले खरको छाना विस्थापित कार्यक्रम अन्तर्गत गरिब परिवारलाई दिएको जस्तापाताले छाउन गारो लगाउन ढुंगा राखिएको थियो ।