जनता समाजवादी पार्टीमा विवाद बढ्दै जाँदा एक समूहले अर्को समूहलाई स्पष्टीकरण सोधेका छन् ।
जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूहले जसपाका चार नेता महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधेको छ ।
उता जसपा अध्यक्ष ठाकुरले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई सातबुँदे स्पष्टीकरण सोधेका थिए । यता यादव पक्षले भने ठकुरलाई ९ नौबुँदे स्पष्टीकरण सोधेको छ ।
पछिल्लो समय विकसित घटनाक्रममा ठाकुर र महतो पक्ष प्रधानमन्त्री केपी ओलीसँग नजिकिएको छ भने यादव र डा. बाबुराम भट्टराई पक्ष विपक्षी गठबन्धनमा सहभागी भएको छ ।
दुवैतर्फले स्ष्टीकरण सोधेपछि जसपा विभाजनतर्फ अग्रसर भएको कतिपयको तर्क छ । ठाकुरले यादवलाई पार्टी निर्णयविपरीत गतिविधि गर्दै हिँडेको भन्दै स्पष्टीकरण सोधेका छन् ।
उता यादव पक्षले भने ओलीको अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमदाई पार्टी निर्णय र नीतिविपरीत साथ दिएको भन्दै ठाकुरलाई स्पष्टीकरण सोधेको छ ।
हेर्नुस् महन्थ ठाकुरलाई सोधिएको स्पष्टीकरण :
त्यस्तै यादव पक्षले जसपाको संसदीय दलको नेता बनेका राजेन्द्र महतोलाई पनि स्पष्टीकरण सोधेको छ । महतोला