गृहपृष्ठ खबर लुम्बिनीमा कोरोना महामारी अन्त्यको कामना गर्दै २५६५औं बुद्धजयन्ती मनाईयो

लुम्बिनीमा कोरोना महामारी अन्त्यको कामना गर्दै २५६५औं बुद्धजयन्ती मनाईयो

प्रकाशित मिति:

कपिलवस्तु ; बुद्धको जन्मथालो लुम्बिनीमा कोरोना महामारीको अन्त्यको कामना गर्दै २५६५ औं बुद्धजयन्ती मनाइएको छ । सामाजिक दुरी र स्वास्थ्य मापदन्ड पाला गरी भिक्षुहरुको टोलीले बिश्वमा देखा परेको कोरोना महामारीको अन्त्यकालागि बिशेष पाठ गरेका हुन । बैशााख पुर्णिमामा दिन बुद्ध जन्मेको,बोधिज्ञान प्राप्त गरेर महानिर्वाण भएको दिनकोरुपमा रहेको छ । बौद्ध धर्मावलम्बीहरुले माहामारीबाट छुटकारा पाउन पाठ गर्ने रतन सुत्र पाठ गरेका थिए ।

 

नेपालसंगै संसारले छिटै कोरोना भाईरस संक्रमणबाट मुक्ती पाओस् भन्दै शान्तिको कामना गर्दै प्राथना गरिएको थियो ।करिब ३० जना भिक्षु, भिक्षुणी, लामागुरु र गुरुमाले प्रार्थना गरका थिए ।भिक्षुहरुले मास्क फेस सिल्ड र ग्लोब्स पनि लगाएका थिए । थेरबादी र महायानी परम्परा अनुसार मंगल कामना गरिएको थियो । भिक्षुहरुले रतन सुत्र पाठ गरको थिऐ । भिक्षु महासंघ अध्यक्ष भिक्षु मैंत्री महास्थवीरले शिल प्रदान गरेका थिए ।

कार्यक्रममा प्रम केपी ओलीले दिएको शुभकामना संदेश भिडियो मार्फत देखाईएको थियो । पर्यटन मन्त्री भानुभक्त ढकालले पठाएको शुभकामना सन्देश लुम्बिनी विकास कोष सदस्य सचिब सानुराज शाक्यले पढेर सुनाएका थिए ।कोरोना संक्रमणबाट मुक्ती पाओस् भन्दै बुद्ध जन्मस्थल लुम्बिनीमा रतन सुत्र पाठ गरिएको भिक्षु महासंघ अध्यक्ष भिक्षु मैंत्री महास्थवीरले बताए ।

उनले मानव जिवनमा देखा परको यो समस्या छिट्टै समाधान हुने उनले बताए । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले बुद्ध शिक्ष अहिले पनि उत्तिकै सान्र्दभिक रहेको बताए । उनले बुद्धका शिक्षालाई मनवजातिले अनुसर गर्नु पर्ने बताए । उनलेबुद्धका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको यसलाई अनुसशरण गरेर मानव कल्याण र विश्व शान्तिकालागि उपायोग गर्नु पर्ने बताए ।

सम्बन्धित् समाचार