सुर्खेत चिङ्गाड गाउँपालिका– ४ का वडाध्यक्ष अमरबहादुर चन्द नक्कली विवाह गराइदिएपछि पक्राउ परेका छन् ।
नक्कली विवाह दर्ता गरेको अभियोगमा अदालतले फैसला गरेको र सोही आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अवलचिङ्गका प्रमुख टेकबहादुर पालले बताए ।
‘अदालतको फैसलापछि वडाध्यक्ष लुक्दै आएका थिए,’ उनले भने, ‘वडाध्यक्षले बसाइसराइँ गरेर अन्तै गएका व्यक्तिलाई नक्कली विवाह गरिदिएका रहेछन् ।’
वडाध्यक्ष चन्दले सुर्खेत वीरेन्द्रनगर नगरपालिका– ४ बस्दै आएका भीमबहादुर बुढाले द्रोश्रो विवाह गरेको भन्दै प्रमाण-पत्र बनाइदिएका थिए । तर, वडा कार्यालयको अभिलेखमा उक्त विवाह दर्ता भएको देखिँदैन ।
वडाध्यक्षले तिलसरी वलीसँग बुढाको विवाह भएको प्रमाण पत्र बनाइदिएका थिए ।