वैखरी
कोरोना बिरुद्धको खोप (भ्याक्सीन)को ब्यवस्था गर्न कपिलवस्तु उद्योग बाणिज्य सघंले माग गरेको छ। महामारीले ब्यापारीहरु मारमा परेको भन्दै कपिलवस्तु उद्योग बाणिज्य सघंले भ्याक्सीनको माग गरेको हो । भ्याक्सीनका लागी लाग्ने लागत आफै ब्यवस्थापन गर्ने बताउदै कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार र स्थानिय बाणगंगा नगरपालिकासगं भ्याक्सीनको माग गरेका हुन ।
आफनो कार्य क्षेत्रभित्र रहेका सबै ब्यापारीहरुलाई भ्याक्सीन लगाउने योजना सघंको रहेको र अहिलेलाई भ्याक्सीनको माग गरिइएको बताउदै सघंका महासचिव मनोज पौडेलले आवश्यक बजेट ब्यस्थापनका लागी सघं लागी रहेको बताए । सघंले हालका लागी १० हजार भ्याक्सीनको डोजको माग गरेको अध्यक्ष डोलकराम घिमिरे र महासचिव मनोज पौडेलद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिइएको छ । पहिलो चरणमा उतm भ्याक्सीन ब्यवसायीसहित उनको परिवारलाई लगाइने योजना रहेको बिज्ञप्तीमा उल्लेख गरिइएको छ ।







