गृहपृष्ठ खबर रूपन्देही र अर्घाखाँचीका दुई कोरोना संक्रमितको मृत्यु

रूपन्देही र अर्घाखाँचीका दुई कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति:

तिलोत्तमा : बुटवलको कोरोना अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोरोना विशष अस्पतालमा उपचाररत उनीहरुको आइतबार बिहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा रूपन्देही र अर्घाखाँचीका रहेको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले बताए । उनका अनुसार जेठ २२ गते भर्ना भएकी रुपन्देही कञ्चन–३ का ३४ वर्षीया महिलाको बिहान ७ बजेर १५ मिनेटमा मृत्यु भएको हो भने जेठ २१ गते अस्पताल भर्ना भएका अर्घाखाँची छत्रदेव–७ का ७३ वर्षीय पुरुषको ७ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

सम्बन्धित् समाचार