गृहपृष्ठ खबर बाणगंगामा आज पहिलो दिन ५ सय ५ जनालाई खोप लगाईयो

बाणगंगामा आज पहिलो दिन ५ सय ५ जनालाई खोप लगाईयो

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगा नगरपालिकामा आजबाट कोरोना विरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै ६२ देखि ६४ वर्षसम्मका बृद्धबृद्धाहरुलाई लाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइने जनाएको हो । कारोनाबाट नगरवासीहरुलाई बचाउने उद्देश्यले सरकारको निर्देशन अनुसारनै खोपलाई प्रभावकारी रुपमा सञ्चालन गर्दै नगर प्रमुख मंगल प्रसाद थारुले बताउनुभयो ।

मोतिपुर स्वास्थ्य चौकी र पिपरा अस्पतालमा गएर खोप लगाउन सकिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । वडा नम्बर ५, ६, ७, ८ र ९ का नगरवासीहरुले मोतिपुर स्वास्थ्य चौकीबाट र वडा नम्बर १, २, ३,४, १० र ११ का नगरवासीहरुले पिपरा अस्पतालबाट खोप लगाउन पाउने नगरका स्वास्थ्य शाखाले जनाएको छ ।

आज पहिलो दिन ५ सय ५ जनालाई खोप प्रदान गरिएको र बाह्र सय १ जनालाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । खोप लगाउन आउँदा नागरिता वा परिचय पत्र ल्याउन आग्रह गरिएको छ । खोप आज र भोलि लगाईने बताईएको छ ।

सम्बन्धित् समाचार