गृहपृष्ठ खबर प्रतिनिधिसभा विघटन मुद्दा : सर्वोच्च अदालतमा आज सुनुवाइ हुने

प्रतिनिधिसभा विघटन मुद्दा : सर्वोच्च अदालतमा आज सुनुवाइ हुने

प्रकाशित मिति:

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाइ हुने भएको छ ।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको स्वास्थ्यमा समस्या देखिएपछि उक्त मुद्दाको सुनुवाइ सारिएको थियो ।

प्रधानन्यायाधीश राणासहित सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ सुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो ।

प्रधान्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ बुधबारका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन । उक्त विवादमा ३० रिट निवेदन परेका छन् ।

सम्बन्धित् समाचार