गृहपृष्ठ खबर कपिलबस्तुको चन्द्रौटा क्षेत्रमा प्रदेश औद्योगिक करिडारको योजना

कपिलबस्तुको चन्द्रौटा क्षेत्रमा प्रदेश औद्योगिक करिडारको योजना

प्रकाशित मिति:

कपिलवस्तु ; लुम्बिनी सरकारले कपिलबस्तुको चन्द्रौटा क्षेत्रमा प्रदेश औद्योगिक करिडारको योजना अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त योजना समेटिएको हो ।

औद्योगिक क्षेत्रमा नीजि क्षेत्रलाई आकर्षित गर्न प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाइने, नेपाल सरकारसँगको सहकार्यमा औद्योगिक क्षेत्र र करिडोर निर्माणमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

दाङ जिल्लालाई अल्लो र खुकुरी, गुल्मीलाइ कफी, पाल्पालाई ढाका तथा करुवा उत्पादन र बर्दियालाई बेतबाँस उद्योग, रुकूम पूर्वलाई ऊनीको कम्बल हबको रुपमा विकास गर्दै जस्ता कार्यत्रक्रममा पनि समेटिएको छ ।

सम्बन्धित् समाचार