गृहपृष्ठ खबर लायन्स क्लव अफ वाणगंगा र कपिलवस्तु जेसिजको सामाजिक कार्यमा अग्रसरता !

लायन्स क्लव अफ वाणगंगा र कपिलवस्तु जेसिजको सामाजिक कार्यमा अग्रसरता !

प्रकाशित मिति:

वैखरी अनलाईन : लायन्स क्लव अफ वाणगंगा र कपिलवस्तु जेसिजले आफुले आर्दै आईरहेका सामाजिक कार्यलाई निरन्तरता दिएका छन् । यसै क्रममा बुधबार वाणगंगा नगरपालिका वडा नम्बर ७ का अति बिपन्न परिवारलाई राहत बितरण गरेका छन् । यी संस्था विगतदेखि नै विपन्न परिवारको साहारा बन्दै आईरहेका छन् । कोरोना कहरका बिच अक्सिजन बैँक स्थापना, रक्तदान जस्ता उदाहरणीय काम गरेका हुन् ।

यी संस्थाले केही दिन अघिमात्र कपिलवस्तु बाल गृहमा राहत वितरण, कपिलवस्तु सामुदायिक अस्पताल तथा पिपरा अस्पताल लाई ३/३ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका थिए ।

यस्तै बुधबार नै युवा अभियान सघंको सहकार्यमा बाडगंगा ६ का दुई मानसिक सन्तुलन गुमाएका २ जनासगँ भेटघाट तथा उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए । वाणगंगा सुनचाँदी ब्याबसायी सघं तथा सिद्धीपुर युथ सोसाइटी द्धारा सामाजिक अभियान मा सहकार्य को लागि सहयोग रकम हस्तान्तरण गरेका छन् ।

सम्बन्धित् समाचार