गृहपृष्ठ खबर थाइ भिक्षुको पहलमा स्वास्थ्य सामग्री प्रदान

थाइ भिक्षुको पहलमा स्वास्थ्य सामग्री प्रदान

प्रकाशित मिति:

काठमाडौं : थाइ भिक्षुले कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामाग्रीहरु वितरण गरिरहनु भएको छ । राजकीय थाइ विहार, लुम्बिनीका प्रमुख भिक्षु फ्रा श्रीवोधिविदेस सुफोट भन्तेबाट आफ्नै प्रयासले यस्तो मानविय सहयोग गर्दै आउनु भएको हो ।

बिहीबार उहाँले लुम्बिनी प्रादेशिक अस्पताल र अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहार, बुटवलमा स्वास्थ्य सामग्री र खाद्यान्न वितरण गर्नु भएको हो ।

जसमा अस्पतालका लागि राजकीय थाइ विहारबाट २ थान र नेपाल स्थित थाइ दुतावासबाट २ थान गरि ४ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन, सर्जिकल मास्क, सर्जिकल ग्लब्स र स्यानिटाईजर रहेका छन् ।

साथै उदय विहारका लागि विभिन्न खाद्यान्न सामान रहेका छन् । यस अघि भन्तेबाट भीम अस्पताल, भैरहवा र कपिलवस्तु अस्पतालमा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण भईसकेको छ । सबै स्‍वास्‍थ्‍य सामग्री थाइल्यान्डको राजधानी बैंककका वासिन्दाले सहयोग स्वरूप नेपाल पठाएको विहारले जनाएको छ ।

सम्बन्धित् समाचार