गृहपृष्ठ खबर धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

प्रकाशित मिति:

धनुषा : पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको शुक्रबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो । दिउँसो १२ स् ०० बजेतिर घर नजिकैको पोखरीमा नुहाउन गएका बालिकाको पानीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिता रहेको प्रहरीले जनाएको छ । –रासस

सम्बन्धित् समाचार