गृहपृष्ठ खबर लुम्बिनी प्रदेश सरकारले मिडिया विधेयक पुनर्लेखन नगरे आन्दोलनमा उत्रने पत्रकार महासंघको चेतावनी

लुम्बिनी प्रदेश सरकारले मिडिया विधेयक पुनर्लेखन नगरे आन्दोलनमा उत्रने पत्रकार महासंघको चेतावनी

प्रकाशित मिति:

बुटवल : लुम्बिनी प्रदेश सरकारले सञ्चार माध्यमसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदबाट फिर्ता गरेर पुनर्लेखन नगरे आन्दोलन चर्काउने पत्रकार महासंघले चेतावनी दिएको छ । बरिष्ठ पत्रकार तथा संचारसम्बद्ध संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले बिधेयक फिर्ता गरेर पुनर्लेखन गर्नुको विकल्प नभएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश समितिले आयोजनामा प्रस्तावित संचार माध्यम सम्वन्धी विधेयकका विषयमा आज भएको भर्चुअल छलफल कार्यक्रममा बोल्ने पत्रकार महासंघका पदाधीकारी र बरिष्ठ पत्रकारहरुले प्रदेश सरकारले मिडीयामा अंकुश लगाउन खोजेको भन्दै बिधेयक नसच्चाए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

‘विधेयकमा सरकारले भनेका सूचना निःशुल्क प्रशारण गर्नुपर्ने, संचार माध्यम दर्ता नगरी समाचार प्रकाशन–प्रशारण गर्नेलाई कैद तथा नगद जरिवाना गर्ने जस्ता व्यवस्था समेटिएको छ । त्यसैगरी संचार माध्यमले राज्यले बन्देज गरेका विषयमा समाचार प्रकाशन र प्रशारण गरेमा संचार माध्यम बन्द गर्न सकिने उल्लेख छ । यो प्रेसलाई अंकुस गर्नका ल्याइएको बिधेयक हो,’ नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष तथा बरिष्ठ पत्रकार तारानाथ दाहालले बताए ।

सम्बन्धित् समाचार