गृहपृष्ठ खबर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

प्रकाशित मिति:

दाङ : सबै उपचार कोरोना केन्द्रित भइरहेका बेला अन्य बिरामीको उपचार सहजताका लागि प्रादेशिक अस्पताल तुलसीपुर र तुलसीपुर उपमहानगरपालिकालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

जिल्लाको राप्ती प्रादेशिक अस्पताल र तुलसीपुर उपमहानगरपालिकालाई ननकोभिड बिरामीको उपचार र प्रयोजनको लागि विभिन्न प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आग्रह नेपाल रेडक्रस सोसाइटीको सहकार्य तथा समन्वय र युएनएफपिएको सहयोगमा स्वास्थ्य सामग्री सहयोग गरिएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय विपद व्यवस्थापन शाखाका कार्यक्रम अधिकृत नगेन्द्र अर्यालले जानकारी दिए ।

‘अन्य बिरामीको उपचारमा समस्या भयो, त्यसको निरन्ताका लागि प्राथमिक स्वास्थ्य सामग्री सहयोग गरिएको हो’ अर्यालले भने । सहयोग गरिएको स्वास्थ्य सामग्री ११ नं को औषधि प्याकेज भएको जानकारी दिए । अस्पताललाई औषधिका ३४ वटा बक्स सहयोग गरिएको छ । नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति नारयण आचार्यले राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष्य पदम प्रसाद न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा। विनोद सिहलाई हस्तान्तरण गरेका हुन ।

सम्बन्धित् समाचार