गृहपृष्ठ खबर कपिलवस्तुमा होटल तथा रेष्टुरेन्ट विहान ९ बजेदेखि ५ बजेसम्म संचालन गर्न पाईने !

कपिलवस्तुमा होटल तथा रेष्टुरेन्ट विहान ९ बजेदेखि ५ बजेसम्म संचालन गर्न पाईने !

प्रकाशित मिति:

सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तुमा होटल तथा रेष्टुरेन्ट बिहान ९ः०० बजे देखि बेलुका ५ः०० बजेसम्म संचालन गर्न पाईने भएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेका अनुसार होटल तथा रेष्टुरेन्टले टेक अवे र होम डेलिभरी मात्र उपलव्ध गराउन सक्ने छन् । ‘होटल तथा रेष्टुरेन्ट संचालन गर्न पाईन्छ तर टेक अवे र होम डेलिभरी मात्र उपलव्ध गराउन सक्नुहुन्छ’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भने । ‘होटल तथा रेष्टुरेन्टभित्र बसेर खाना पाईने छैन्’ उनले थपे ।

जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले कपिलवस्तुमा जेठ ३१ गते राती १२ बजेसम्म जारी निशेधाज्ञालाई केही हेरफेर सहित असार ७ गतेसम्म थप गर्ने निण्र्मय गरेको छ । जिल्ला भित्र अटो रिक्शा बाहेक अन्य सार्वजनिक यात्रुवाहक सवारी साधन संचालन गर्न, कुनै पनि मेला, हाटबजार, महोत्सव, जात्रा संचालन गर्न, मानिसहरु पाँच जना भन्दा बढी भेला÷जम्मा हुन, भिडभाड, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, पार्टी प्यालेस, मनोरञ्जन स्थल, स्वीमिङ्ग पुल, जिमखाना संचालन गर्न नपाईने भएका छन् ।

त्यस्तै चिया पसल, खाजा घर, होटल, रेष्टुरेन्ट, पान पसल, शैलुन र व्युटीपार्लर खोल्न नपाईने तर होटल तथा रेष्टुरेन्टले बिहान ९ः०० बजे देखि बेलुका ५ः०० बजेसम्म टेक अवे र होम डेलिभरी मात्र उपलव्ध गराउन सक्ने प्रशासनले जनाएको छ ।

सम्बन्धित् समाचार