गृहपृष्ठ खबर स्याङ्जामा असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप

स्याङ्जामा असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप

प्रकाशित मिति:

स्याङ्जा : स्याङ्जामा आउँदो असार ७ सम्मका लागि निषेधाज्ञा थप गरेको छ । जेठ ३१ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर असार ७ गते सम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

जिल्लामा गत वैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो । निषेधाज्ञाको अवधिमा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग तथा वित्तीय स्थाहरुले कार्यालयमा मात्रै स्वास्थ्य मापदण्ड अपनाएर सेवा सुचारु गरिने भएको छ ।

औषधिजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ११ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।

अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ । स्याङ्जामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो । कोरोनाको दोस्रो लहर चलसँगै जिल्लामा हालसम्म ९३ ज्यान गुमाएका छन् भने २ हजार ९ सय २९ जना संक्रमित मध्ये हाल एक हजार ४६ सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित् समाचार