गृहपृष्ठ खबर दम्पती हत्याका फरार अभियुक्त ७ वर्षपछि पक्राउ

दम्पती हत्याका फरार अभियुक्त ७ वर्षपछि पक्राउ

प्रकाशित मिति:

राजविराज : सप्तरीको हनुमाननगरमा व्यवसायी बेगवानी दम्पतीलाई हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । व्यवसायी दम्पतीलाई हत्या गरी फरार हनुमाननगर कंकालिनी नगरपालिका–१ का ३४ वर्षीय बब्लु मण्डललाई आइतबार पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

हनुमाननगर–५ का ५५ वर्षीय प्रेमसुख बेगवानी र उनकी श्रीमती ५२ वर्षीया सरोज बेगवानीलाई ०७१ जेठ २१ हत्या गरी फरार भएका मण्डललाई गोप्य सूचनाको अधारमा आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

व्यवसायी बेगवानी दम्पतीको हत्या गरी लुटपाट गर्ने घटनामा संलग्न ८ जना प्रतिवादीमध्ये तत्कालीन समयमा ६ जना पक्राउ परेको अन्य फरार रहेका प्रतिवादीमध्ये मण्डललाई ७ वर्षपछि पक्राउ गरिएको हो ।

गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका मण्डललाई नियन्त्रणमा लिएर सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको छ । कपडा व्यवसायी बेगवानी दम्पती आफ्नै घरमा धारिलो हतियार प्रहार भइ मृत अवस्थामा फेला परेका थिए ।

दम्पतीलाई हत्या गरी ८ जनाको समूहले घरभित्र रहेका नगद, सुनचाँदीका गरगहनाहरु लगायत ५० लाख बराबराको लुटपाट गरेका थिए ।

हत्या गरी लुटपाट गर्नेमध्ये विभिन्न समयमा ६ जना पक्राउ परे पनि मण्डल फरार थिए ।

सम्बन्धित् समाचार