गृहपृष्ठ खबर देशभर मनसुनी वायुको प्रभाव : धेरै स्थानमा वर्षा र केही स्थानमा भारी वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव : धेरै स्थानमा वर्षा र केही स्थानमा भारी वर्षा हुने

प्रकाशित मिति:

मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने जानकारी दिएको छ । आज प्रदेश १, प्रदेश २, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिँदै महाशाखाले अहिले देशभर बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य केही स्थानमा पानी परिरहेको जनाएको छ ।

आगामी २४ घण्टामा देशका धेरै स्थानमा मेघ गर्जनसहित वर्षा हुने तथा प्रदेश १, प्रदेश २, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भोलि देशभर बदली रही धेरै स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ । बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै बुधबार देशभर बदली रही अधिकांश स्थानमा स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ । लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

सम्बन्धित् समाचार