गृहपृष्ठ खबर शैक्षिक सुधारका लागि लुम्बिनीले छुट्यायो ४४ करोड बजेट

शैक्षिक सुधारका लागि लुम्बिनीले छुट्यायो ४४ करोड बजेट

प्रकाशित मिति:

शिक्षामा सुधार गर्न एवं सामुदायिक विद्यालयको भौतिक सुधार गर्न तथा गणित र विज्ञानको नतिजा सुधार गर्न ४४ करोड ५८ लाख विनियोजन भएको छ ।

प्रदेशसभामा बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले सामुदायिक शिक्षा सुधार गर्न ४४ करोड ५८ लाख विनियोजन गरिएको बताए ।

उनले प्रदेशभरका विद्यार्थीको लागि स्वस्थ खानेपानीको लागि २ करोड विनियोजन बताए । त्यस्तै, प्रदेशमा रहेका क्याम्पसहरूमा सभाहल बनाउन ३ करोड विनियोजन गरिएको र यसले कोरोना जस्तो महामारीमा आइसोलेसनजस्ता काममा लाग्ने उनले बताए ।

त्यस्तै, बुटवलको कान्ति माविलाई प्रदेशको विज्ञान अध्ययन गर्ने हवको रूपमा विकास गर्न सुविधा सम्पन भवन निर्माण गर्न लागि ८ करोड ३० लाख बजेट विनियोजन गरेको उनले बताए ।

सम्बन्धित् समाचार