गृहपृष्ठ खबर निषेधाज्ञामा कर बुझाउने अवधि तोक्न अर्थमन्त्रालयलाई आदेश

निषेधाज्ञामा कर बुझाउने अवधि तोक्न अर्थमन्त्रालयलाई आदेश

प्रकाशित मिति:

काठमाडौं : सर्वोच्च अदालतले निषेधाज्ञाको अवधिमा मूल्य अभिवृद्धि कर बुझाउनेबारे बाधा अड्काउ फुकाउने कानुनी अधिकार प्रयोग गरी नयाँ सूचना निकाल्न अर्थमन्त्रालयलाई आदेश दिएको छ। मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले सर्वोच्चले यसअघि दिएको आदेश परिवर्तन गरी अर्थमन्त्रालयलाई कर बुझाउनेबारे नयाँ सूचना निकाल्न भनेको हो।

‘आर्थिक ऐनबमोजिम निर्णय गरी प्रकाशित गर्ने सूचनामा उल्लेख भएको अवधिसम्मको मात्र कर विवरण र दाखिला नगरेमा जरिवाना असुल नगर्नु नगराउनु भनी यो आदेश गरिदिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ।

‘निषेधाज्ञा पूर्णरूपमा खुलेको ३० दिनभित्र जरिवाना नलिनु भन्ने पहिलेको आदेशलाई परिवर्तन गरेर बाधाअड्काउ फुकाउमार्फत निषेधाज्ञाको समयमा कर विवरण वा कर दाखिला गर्ने अवधि तोक्न भनिएको हो।

अब अर्थमन्त्रालयले निषेधाज्ञाको ख्याल गर्दै कर तिर्नुपर्ने अवधि तोक्नुपर्ने छ। तोकिएको अवधिसम्ममात्र कर तिर्न गए जरिवाना लाग्ने छैन। उक्त अवधि नाघेर कर तिर्न गए जरिवाना पनि बुझाउनुपर्ने छ।

सम्बन्धित् समाचार