गृहपृष्ठ खबर बिरामी श्रीमान‍्को मृत्युपछि श्रीमतीले अस्पतालमै गरिन् आत्महत्या

बिरामी श्रीमान‍्को मृत्युपछि श्रीमतीले अस्पतालमै गरिन् आत्महत्या

प्रकाशित मिति:

ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा श्रीमान‍्को मृत्युपछि श्रीमतीले पनि झुण्डिएर आत्महत्या गरेकी छिन् । म्याग्दीका ४५ वर्षीय तुलबहार पुन मगरको मृत्युपछि उनकी श्रीमती दिकमाया पुनले पनि आत्महत्या गरेकी हुन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार दिकमायाका श्रीमान् क्यान्सरपीडित थिए । उपचारका लागि अस्पताल आएपछि अस्पतालले तुलबहादुको कोरोना परीक्षणसमेत गराएको थिए ।

कोरोनासमेत पोजिटिभ देखिका उनको शुक्रबार अस्पतालमै निधन भएको हो । श्रीमानको निधनलगत्तै उनकी श्रीमतीले समेत अस्पताल परिसरभित्र आत्महत्या गरेको एसएसपी बज्राचार्यले बताइन् ।

‘तुलबहादुर लामो समयदेखिका क्यान्सरका पीडित रहेछन् । अन्य ठाउँमा समेत उपचार गराएका थिए । १६ जेठदेखि भने उनीहरू ललितपुरस्थित क्यान्सर अस्पताल आएका हुन्,’ एसएसपी बज्राचार्यले भने, ‘त्यही फ्रस्टेसनका कारण आत्महत्याको बाटो रोजेको जस्तो देखिन्छ ।’

तुलबहादुरको आर्थिक अवस्थासमेत कमजोर रहेको र कुनै सन्तानसमेत नभएको उनको भनाइ छ ।

सम्बन्धित् समाचार