गृहपृष्ठ खबर नेविसंघ र तरुण दल कपिलवस्तु सामाजिक कार्यमा समर्पित : विपन्नलाई राहत वितरण

नेविसंघ र तरुण दल कपिलवस्तु सामाजिक कार्यमा समर्पित : विपन्नलाई राहत वितरण

प्रकाशित मिति:

कपिलवस्तु : विपद् होस या अन्य समस्या समुदायमा देखिन साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गर्दछन् । विश्वभर फैलिएको कोरोना भाइसरका कारण जारी लकडाउनले मारमा परेका विपन्न तथा गरिब घरपरिवारलाई दैनिक राहत सामग्री वितरण गरेका हुन् ।

दैनिकजसो सामाजिक काममा सक्रिय नेविसंघ र तरुणदलले शनिबार पनि खाद्यान्न वितरण गरेका छन् । वाणगंगा नगरपालिका ९ चौवाका १६ विपन्न घरपरिवारलाई दाल, चामल नुन लगाएत खाद्यान्न सामग्री वितरण गरेको छ ।

विपन्न घरधुरीहरुलाइ ५२ हजार बराबरको खाद्यान्न सहयोग गरेको नेपाल विद्यार्थी संघका क्षेत्रिय सभापति चन्द्रकानत पोख्रेलले बताए । चौवाका १६ घरपरिवारलाई दैनिक छाक टार्न समस्या भएको जानकारी पाउन साथ उनिहरुलाई खाद्यान्न सहयोग गरेको उनले बताए ।

नेविसंघ र तरुणदल यस्ता सामाजिक कामलाई निरन्तरता दिने समेत उनले बताए । यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेस वडा सभापति दिपक थापाले नेविसंघ र तरुणदलले गरेको सामाजिक काम स्रहानिय रहेको भन्दै नेपाली कांग्रेस सबै गरिव तथा दुखीको साथमा रहेको बताए ।

समस्यामा परका गरिव तथा विपन्न वर्गको घरमा पुगेर सहयोग गर्ने विगत देखी सुरु गरिएको र यसलाई निरन्तरता दिने तरण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीले बताए ।

कार्यक्रममा नेविसंघ र तरुणदलका विभिन्न पदाधिकारीको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार