गृहपृष्ठ खबर काठमाडौं उपत्यकामा केही खुकुलो बनाएर निषेधाज्ञा थप्ने तयारी

काठमाडौं उपत्यकामा केही खुकुलो बनाएर निषेधाज्ञा थप्ने तयारी

प्रकाशित मिति:

काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा केही खुकुलो बनाएर थप गर्ने तयरी भएको छ । सो सम्बन्धी निर्णय लिनका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने तयारी छ ।

बैठकले कुन-कुन क्षेत्र खुलाउने भन्ने बारेमा आवश्यक निर्णय लिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

कोभिड १९ को संक्रमण बढेपछि उपत्याकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको थियो । उक्त निषेधाज्ञा पटक-पटक थप हुँदै आएको छ ।

सम्बन्धित् समाचार