गृहपृष्ठ खबर बाढीले दाङ देउखुरी स्थित राप्ती नदीमा बनेको नेपालकै दोस्रो पुलमा क्षति

बाढीले दाङ देउखुरी स्थित राप्ती नदीमा बनेको नेपालकै दोस्रो पुलमा क्षति

प्रकाशित मिति:

दाङ : दाङ देउखुरी स्थित राप्ती नदीमा बनेको नेपालकै दोस्रो लामो पुलमा अविरल वर्षपछि आएको बाढीले क्षेति पुगेको छ । पुलको एप्रोचमा क्षति राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको सम्पर्क समेत टुटेको छ ।

अहिले सवारी सधान आवगमण बन्द भएको छ । क्षति पुगेको जानकारीपछि स्थलगत अनुगमनमा जानुभएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुम्वाङले मर्मतका लागि सम्बन्धित निकायमा आग्रहमा गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, हुलाकी राजमार्ग अन्तरगत उक्त पुलको एप्रोच आजको बाढिले भत्काउदा यातायात आवागमन बन्द भएको छ, शिघ्र मर्मतको काम गर्न पुल डिभिजन नेपालगन्जलाई अनुरोध गरिएको छ ।

सम्बन्धित् समाचार