गृहपृष्ठ खबर अलबिदा युवराज पाण्डे सर

अलबिदा युवराज पाण्डे सर

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाका शैक्षिक धरोहर युवराज पाण्डेको निधन भएको छ । जनता मावि पिपराका पुर्व प्रध्यानाध्यापक पाण्डेको ७८ बर्षको उमेरमा उहाँकै निवासमा निधन भएको हो । २००१ सालमा जन्मनु भएका पाण्डे २०३२ सालमा पाल्पा जिल्लाबाट बसाईसराई गरी कपिलवस्तुको बाणगंगा २ पिपरामा आउनु भएको थियो ।

पाण्डे २०३० सालमा तत्कालिन पाल्पा जिल्लाको नेकपाका जिल्ला सचिव समेत रही काम गर्नु भएको थियो । पिपरा स्थित दिगो बचत तथा ऋण सहकारी संस्थाको उहाँ सस्थापक अध्यक्ष समेत रहनु भएको छ ।
नेकपा एमाले कपिलवस्तुको हाल सल्लाहकार परिषदका सदस्य समेत रहनु भएका पाण्डेले बाणगंगा शिक्षा क्षेत्रको बिकासमा उल्लेखनीय भुमिका निभाउनु भएको छ । उहाँको घरमा १ श्रीमति २ छोरा र २ बुहारी हुनुहुन्छ ।

उहाँको अत्येष्टी आज बाणगंगाको लक्ष्मणघाटमा गरिएको छ भने उहाँको पार्थिव शरिर माथि नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोखरेलले पार्टीको झण्डा ओडाउदै श्रद्धाञ्जली दिनु भयो भने शोक सभाको सञ्चालन नेकपा एमाले कपिलवस्तुका जिल्ला नेता तथा वडा नः २ का वडा अध्यक्ष बिष्णु पौडेलले सञ्चालन गर्नुभएको थियो भने पाण्डेको जिवनि नेकपा एमाले वडा नः २ का अध्यक्ष नहकुल शाही वाचन गर्नु भएको थियो ।

सम्बन्धित् समाचार